arrow

हाम्राकुराका प्रधानसम्पादक शिवाकोटी कानुन पत्रकारीता पुरस्कारबाट सम्मानित

राससका उपसम्पादक जीवन भण्डारी पनि पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
ajaya-jeewan-dla.jpg

कास्की। हाम्राकुरा डटकमका प्रधान सम्पादक समेत रहेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी कानुन पत्रकारिता सम्मानबाट पुरस्कृत भएका छन्। शिवाकोटीसँगै युनिमीका महासचिव जीवन भण्डारीलाई समेत न्यायिक पत्रकारिता सम्मानबाट पुरस्कृत गरिएको छ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय शिवाकोटी र भण्डारीलाई सम्मान सहित पुरस्कृत गरेको हो। हाम्राकुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटी र राष्ट्रिय समाचार समिती (रासस) का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिए। 

पोखरामा शुक्रवार आयोजित डिएलएको बार्षिक साधारणसभाका अवसरमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पत्रकार शिवाकोटीलाई कानुन पत्रकारीता सम्मान तथा भण्डारीलाई क्रियासिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गरेका हुन्।

साधारणसभामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए। साधारणसभाले पोखरा धोषणा-पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए। प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ मा वरिष्ठ कानुनविद् स्व. लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो।

शिवाकोटी यसअघी नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाबाट समेत १ हजार डलर राशीको साहसीक पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ