arrow

देशको अवस्था प्रतिकूल भएको भन्दै विश्व भूमिभक्तको चिन्ता

logo
प्रकाशित २०७६ मंसिर ७ शनिबार
guru-hindu.jpg

काठमाडौं। विश्व भूमिभक्त (होमबहादुर कार्की) ले देशको परिस्थिति चिन्ताजनक रहेको टिप्पणी गरेका छन्। उनले विश्व भूमिमाथि नै छिमेकीलाई भिडाएर तहसनहस बनाउने कामप्रति आफ्नो असन्तुष्टि जनाएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘देवलोकको परिस्थिति’ विषयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले देशको उच्चतहमा बस्नेप्रति लक्षित गर्दै उक्त सन्तुष्टि जनाएका हुन्।

उनी भन्छन्,‘नेपाल ३३ कोटी देवीदेवताहरुको स्वर्गलोक हो। यसलाई तहसनहस बनाउने काम देशभित्रकै राजनीतिक नेतृत्वबाट भएको छ। जसलाई सर्वदीय बैठकको नाममा सस्तो राष्ट्रवाद देखाउन खोजिएकोप्रति लक्षित गरिएको छ। उनी थप्छन्,‘सर्वदलीय बैठकमा सबैपक्षको उपस्थिति हुनुपर्छ।’ 

मुलुकलाई शान्तिपूर्ण बनाउनको लागि सम्पूर्ण सञ्चारकर्मीदेखि राजनीतिक नेतृत्वको पनि उनले ध्यानाकर्षण गराएका छन्। उनी अगाडि भन्छन्,‘स्वर्गजस्तो भूमि नेपाललाई अहिले यहाँकै भक्तजनहरुलाई भिडाएर रणभूमि बनाउन खोजिँदैछ, यसमा छिमेकीहरुको कुनै दोष छैन। अहिले छिमेकीहरुबीच नै द्वन्द्व निम्त्याउने काम भएको छ।’ देशमा सुशासन र स्थायित्व दिनका लागि खाली राजनीतिक नेतृत्वले मात्रै सुविधा लिएर नहुने उनको तर्क छ। ‘त्यसमा धर्ममा आस्था राख्ने साधु, सन्त र भक्तजनहरुलाई पनि सामेल गराउनुपर्छ’–उनले थपे। 

अहिले नेपाल, भारत र चीनबीच तीन छिमेकीबीच द्वन्द्व सिर्जना गरेर अन्य छिमेकीले फाइदा लिन खोजेकोप्रति पनि उनले असन्तुष्टि प्रकट गरे। उनले आगामी मंसिर २१ गतेदेखि आफूले ध्यान र भक्ति गरेर इन्द्रको चक्र चलाउन देवतासँग अनुमति लिने र सम्पूर्ण श्रदालु भक्तजनसँग निमन्त्रणा गरेका छन्। उनले भने,‘अन्यका भक्तहरुले हतियार उठाउनुहुन्छ भने हामी देवका भक्तले देवताकै औजार उठाउनेछौं। त्यसको सहयोगबाट स्वर्गजस्तो पवित्र आमालाई धर्मभक्तहरुले सोच्नुपर्ने छ।’ 

उनले आफूले ९० दिनसम्म पनि भोकै बसेर देवलोकमा भएको अतिक्रमण रोक्नको लागि ईन्द्रको चक्र चलाउँदै बसेको पनि सुनाए। उनले भने,‘९० दिनसम्म केही पनि नखाई म अखण्ड बत्ति बालेर बसेको छु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ