arrow

'कम्युनिष्टलाई मत दिए पुर्ख्यौली सम्पती कर तिरेरै सकिन्छ'

logo
प्रकाशित २०७६ मंसिर ७ शनिबार
mahesh.jpg

धरान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व अर्थमन्त्री महेश आचार्यले कम्युनिष्टलाई मत दिए आमाबुवाको पैतृक सम्पत्ति आफ्नो नाममा दर्ता गराउँदा कर तिरेरै सम्पत्ति सकिने अवस्था आउने बताएका छन ।

 धरान–९ बगैँचा चौकमा नेपाली कांग्रेसले आयोजना गरेको चुनाबी कोण सभामा बोल्दै पुर्व मन्त्री समेत रहेका नेता आचार्यले दुईतिहाइको बलियो कम्युनिष्ट सरकारले करमाथि कर लगाएर जनतालाई दुःख दिएको आरोप समेत लगाए ।

 उनले भने 'धरानमा सामान्य टेम्पो चालकलाई कर लगाइएको छ , आफ्नै बारीमा उत्पादन गरेर बेच्न ल्याएको सागमा पनि कर लगाइएको छ' पैतृक सम्पत्ति आफ्नो नाममा ल्याउँदा पनि कम्युनिष्ट सरकारले अत्यधिक कर लगाउने गरेर संसदमा विधेयक ल्याउँदैछ । 

सत्ताको आडमा नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेकाले समयमै सुध्रिन उनले चेतावनी दिए । 'नेकपालाई सत्ताको आडमा आचारसंहिता उल्लंघन नगर्न सुझाव दिन्छु' उनले भने । उनले नेकपाबाट भइरहेका आचारसंहिता उल्लंघनका गतिविधि रोक्न निर्वाचन आयोगलाई आग्रह समेत गरेका छन ।

 'निर्वाचन आयोगलाई भन्न चाहन्छुयो आयोग संवैधानिक आयोग होदेशभर निष्पक्ष निर्वाचन गर्ने काम आयोगको हो । पक्षपात गर्ने काम भयो भने संसद अवरुद्ध हुनेछ'’ चेतावनी दिँदै पुर्व अर्थ मन्त्री समेत रहेका आचार्यले निर्वाचन अधिकृत, सुरक्षा प्रमुख र प्रशासन प्रमुखले निष्पक्ष निर्वाचन गराउन माग गरे ।

 सरकारको निर्देशनमा, प्रधानमन्त्रीको आदेशमा निर्वाचनको निष्पक्षतामा अवरोध गर्नुभयो भने नेपाली कांग्रेस र नेपाली जनताले तपाईंहरूलाई छाड्ने छैन ।’ जनताले तिरेको करबाट तलब खाने पदाधिकारीले निर्वाचन धाँधली गर्न सत्तालाई सहयोग गरेमा नेपाली कांग्रेस चुप लागेर नबस्ने उनले बताए । 

सरकारलाई खुशी पार्नका लागि निर्वाचनका बेलामा कांग्रेसका कार्यकर्तालाई अवहेलित गर्ने र दुःख दिने काम गर्ने हो भने तपाईंहरूले त्यसको जवाफ वर्षौसम्म दिनुपर्नेछ,’ उनले भने, सरकार र निर्वाचन आयोग प्रति निकै कडा रुपमा प्रस्तुत भएका उनले 'ठाउँ–ठाउँबाट निर्वाचन आचारसंहिता उल्लंघन भएका गुनासा आएका छन , कांग्रेसले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई भेटेर यसबारेमा जनकारी गराएको बताए ।

धाँधलीरहित निर्वाचन स्वीकार गर्नेछौं अन्यथा राजा ज्ञानेन्द्र र पञ्चायतले जसरी मूल्य चुकाए , त्यसैगरी नेकपाले मूल्य चुकाउनुपर्नेछ भन्दै कडा चेतावनी दिए ।’कांग्रेससँग निहुँ खोज्ने जोसुकै भएपनि सिद्धिएर जाने उनले दाबी गरेका छन ।राजा महेन्द्रलाई पनि लागेको थियो अजम्बरी छु भनेर , ज्ञानेन्द्रलाई पनि लागेको थियो होला अजम्बरी छु भनेर अधिनायकवाद लामो समयसम्म टिक्दैन, नेपाली कांग्रेसका नेता खाँणले ओलीले संविधान धुजाधुजा बनाएको बताए ।

 ‘सूर्यलाई भोट हाल्नुभनेको जनताले लेखेको संविधान च्यात्नु हो,’ उनले भने ।‘प्रेसलाई संकुचन गर्न विधेयक ल्याइएको छ । ओलीजी मानवअधिकार आयोगलाई कमजोर बनाएर आफ्नो वकिलको मातहत राख्न चाहनुहुन्छ,’ उनले भने, ‘नागरिकको सम्पत्ति हुन्छ । त्यो सम्पत्तिको अधिकार पनि खोस्न कानुन बनाइँदैछ । यो लोकतान्त्रिक मूल अधिकार हो सम्पत्ति । व्यक्तिगत सम्पत्तिलाई सरकारीकरण गर्ने विधेयक ल्याइरहेका छन् ।

 संविधानले दिएको मौलिक अधिकारलाई पनि कुल्चन काम भएको छ ।’ सोही बगैँचा मार्गमा भएको कोण सभामा धरान काग्रेसका सचिब श्याम पोख्रेलले कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई आरोप लगादै हिड्ने साथीहरुलाई तिलक जस्तो धरानको बिकास चाहने नेताको रुपमा अगाडि आउन चेतावनी दिए ।

सोहि दिन धरान १३ को अमरहाटमा र धरान १६ को पानी टंकि चौकमा कोण सबा आयोजना भएको थियो।

सो कोण सभामा धरानका कांग्रेसका नेता प्रेम प्रसाद पराजुली, क्षेत्रिय कोषाध्यक्ष सागर प्रसाईं, क्षेत्रिय सचिब मुरारी भट्टराई, इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले तिलक राई भोट लगाएर धरानको समृद्धिको आदारमा भुमिका खेल्न आव्हान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ