arrow

प्रधानमन्त्री ओलीको चौथो पटक डायलाइसिस  

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
kp-oli5.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको चौथो पटक डायलाइसिस गरिएको छ । आइतबार अपरान्ह ४ बजे धापासीस्थित ग्राण्डी अस्पताल पुगेका ओलीको स्वास्थ्य परीक्षणमा क्रिटिनिनको मात्रा बढेको देखिएपछि डायलाइसिस गरिएको हो । 

नियमित डायलाइसिसको आवश्यकता नपरे पनि आइतबार गरिएको स्वास्थ्य परीक्षणमा रगतमा क्रिटिनिनको मात्रा ६ पुगेपछि डायलाइसिस गरिएको हो 

यसअघि गत कार्तिक ३० गते तेस्रो पटक प्रधानमन्त्री ओलीले मिर्गौलाको डायलाइसिस गराएका थिए । प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

गत भदौमा उनी सिंगापुरमा उपचार गरी फर्केका थिए । फेरि पनि लामो समयका लागि विदेश उपचारमा जानुपर्ने हुन सक्ने बताइएको छ । अहिले ओलीको स्वास्थ्य सामान्य रहेको निजी चिकित्सकको टिमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ