arrow

मन्दिरमा युवकको शव भेटियो

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
dead2.jpg

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा सोमबार बिहान एक युवक मृत भेटिएका छन् ।

 नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक सोमबार बिहान सो मन्दिरको धर्मशालामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

गए राति सो मन्दिरमा भजन, कीर्तन भइरहेको बेला धर्मशालामा बास बस्न गएका युवक सोमबार बिहान बान्ता गरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

मृतक युवकको शवको प्रकृति हेर्दा उनी नशालु पदार्थ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर उनको मृत्यु के कति कारणले भएको हो भन्ने स्पष्ट हुनका लागि उनको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ