arrow

यो वास्तविक हाँसो नै हो त ? 

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
upendra-yadav.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको बताएका छन् । सो मन्त्रालयमा सोमबार कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको बताए ।

उनले भने–‘संविधान संशोधन राजनीतिक विषय हो । हामीले यसअघि नै सहमति गरिसकेका छौं । अब कार्यान्वयन गर्ने बेला आएको छ ।’ मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै मन्त्रालयको अनुभव होस् भन्ने उद्देश्यले कानुन मन्त्रालयमा पठाएको हुनाले काम गरेर देखाउने बेला आएको पनि बताए ।

उनले भने–‘मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो । हेरफेर गर्न सक्नुहुन्छ । मलाई अलि बढी नै माया गरेर पनि यो मन्त्रालय दिएको हुनसक्छ ।’

समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मंसिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा स्वास्थ्य तथा जनसंख्याबाट कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री यादव निजी सवारी–साधनकै प्रयोग गरेर मन्त्रालयमा आएका थिए । 

यादव दिल्ली गएका बेलामा उनको स्वास्थ्य मन्त्रालय छिनिएको थियो । अनि समाजवादी पार्टी नेपालमा निकै हल्लीखल्ली मच्चिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ