arrow

अख्तियारका पूर्वप्रमुख बस्न्यातको सबै सम्पत्ति रोक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर १० मंगलबार
Deep-basnet.jpg

काठमाडौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सबै सम्पत्ति रोक्का भएको छ । पदमा रहँदा अनियमितता गरेको आरोपमा बस्न्यातको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रोक्का गरेको हो ।

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफै गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको यो पहिलो घटना हो। विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी छानबिन भइरहेको बुझिएको छ । 

बस्न्यात पदमा रहँदा अकुत सम्पती आर्जन गर्ने अधिकारीमा परेको तथ्यहरु फेला परेपछि सम्पति शुद्धिकरण विभागले उनका बारेमा अनुसन्धान शुरु गरेको हो।

रियल स्टेट होटल लगाायत अन्य क्षेत्रमा उनको करौडौ लगानी रहेको अनुसन्धानबाट खुलेको छ । उपराष्ट्रपति, गृहमन्त्री र तत्कालिन सभामुखका छोराहरुसँग उनको धेरै ठाउँमा लगानीमा साझेदारी रहेको पनि बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ