arrow

प्रधानमन्त्री ओलीलाई एपेन्डिक्स, अप्रेशनको तयारी

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
kp-sharma-oli4.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिक्स भएको छ । उनलाई गम्भीर रुपले पेट दुखेपछि अस्पताल लगिएको थियो । 

उनलाई शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरोसिस भास्कलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । डा अरुण सायमी सहितको टोलीले उपचार सुरु गरेको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित चेकअपका लागि अस्पताल गरेको भनी बताए पनि ओलीको स्वास्थ्यमा रहेका पुराना समस्याका कारण अस्पताल भर्ना गरिएको बताइएको छ । 

एपेन्डिक्सको समस्या भने त्यति जटिल नभएको अस्पताल स्रोतले जनाएको छ । उनको अप्रेशन गर्ने तयारी भइरहेको बताइएको छ । 

ओलीको आइतबार मात्रै मृर्गौलाको चौथो पटक डायलाइसिस गरिएको थियो । आइतबार अपरान्ह ४ बजे धापासीस्थित ग्राण्डी अस्पताल पुगेका ओलीको स्वास्थ्य परीक्षणमा क्रिटिनिनको मात्रा बढेको देखिएपछि डायलाइसिस गरिएको हो । 

नियमित डायलाइसिसको आवश्यकता नपरे पनि आइतबार गरिएको स्वास्थ्य परीक्षणमा रगतमा क्रिटिनिनको मात्रा ६ पुगेपछि डायलाइसिस गरिएको हो ।

यसअघि गत कार्तिक ३० गते तेस्रो पटक प्रधानमन्त्री ओलीले मिर्गौलाको डायलाइसिस गराएका थिए। प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

गत भदौमा उनी सिंगापुरमा उपचार गरी फर्केका थिए । फेरि पनि लामो समयका लागि विदेश उपचारमा जानुपर्ने हुन सक्ने बताइएको छ । 

अहिले फेरि एपेन्डिक्सको अप्रेशन गर्नुपर्ने भएपछि उनको स्वास्थ्यमा थप गम्भीर समस्या देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ