परासी। दीपावली तथा छठ पर्वलाई लक्षित गरी नवलपरासीका सीमावर्ती भारती बजारमा यतिबेला नेपाली उपभोक्ताको किनमेलका लागि निकै घुइँचो लागेको छ । भारतमा सस्तो र सजिलै सामान किन्न पाउने भएकाले नेपाली उपभोक्ताको भारतीय बजारमा भीडभाड लागेको हो । नेपाली बजारका भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका कारण विभिन्न सामग्री चर्को मूल्य कायम कलोबजारी भएपछि नेपालीहरु उपभोक्ताहरु भारतीय बजारमा किनमेलका भीडभाड लागेको उपभोक्ताले बताउँछन् ।
चाडपर्वलाई लक्षित गरी मधेसी मोर्चाले बन्दलाई खुकुलो बनाएपछि अहिले नेपालीहरु भारतीय बजारबाट आवश्यक सामग्री किनमेल गर्दै आएका छन् । यतिबेला सीमावर्ती बजार ठुठीबारी, लक्ष्मीपुर, झुल्नीपुर, बरगदवा र उता विहारको बालमीकिनगर टङ्की बजार, भैँसालोटनमा नेपाली उपभोक्ताको निकै किनमेलका लागि निकै भीडभाड देख्न पाइन्छ ।
जिल्लाको गैडाकोट, कावासोती, दुम्कीबास, दाउन्ने, बर्दघाट, सुनवल, परासी, गोपीगन्ज र ग्रामीण तथा सीमावर्ती क्षेत्रका नेपालीको भारतीय बजारमा जमघट प्रत्यक्ष हेर्न पाइन्छ ।
नेपाली बजारमा आवश्यक अधिकांश समान पाइन छोड्यो, पाएको ठाउँमा पनि वस्तुको चर्को मूल्य लिने गरेका छन् विक्रेताहरु, त्यही कारणले भारतीय बजारमा पुगेको उपभोक्ताले बताएका छन् ।