फूल टिप्न गएकी सीताको रामसँग भेट

प्रकाशित मिति : २०७६ मङ्सिर ११ बुधबार

निरंजन कुमार साह, जनकपुरधाम । रामजानकी विवाह पंचमी महामहोत्सवको दोस्रो दिन बुधबार  फूलबारी लीला हुने छ । त्रेता युगमा भगवान् राम र सीताको विवाह महोत्सवको बेला विवाह पूर्व भएको फूलबारीमा भेट घाटको सम्झना गर्दै बुधबार जानकी मन्दिर छेउमै रहेको विवाह मण्डपको फूलबारीमा ‘फूलबारी लीला’  मनाउने गरिन्छ ।

मिथिलाको परम्परा अनुसार मैथिली गीत, नादसहित भगवान् राम, सीता र लक्ष्मणको प्रतीक झाँकी बनाएर फूलबारीमा भेट घाट हुने र त्यस क्रममा हजारौं व्यक्तिहरूको उपस्थिति रहने छ।

राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ। त्रेतायुगमा फूल टिप्न गएकी सिताराम रामसँग भेट भएको प्रसंगलाई फूलबारी लीलाको रुपमा मनाइने प्रचलन रहेको छ। जनककी छोरी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी लसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरिन्छ।

सातदिने हुने कार्यक्रम अनुसार विवाह पंचमी महोत्सवको पहिलो दिन  मंगलबारका दिन जानकी मन्दिर प्राङ्गणमा ‘नगर दर्शन’ विधि रुपमा सम्पन्न भएको छ भन्ने तेस्रो दिन १२ गते बिहीबार रंगभूमि मैदान बराहबीघामा धनुषयज्ञ हुने मूल आयोजक कमिटीले जानकारी दिए।

त्यस्तै चौथो दिन १३ गते शुक्रबार राम मन्दिर प्राङ्गणमा भव्य मञ्च बनाएर तीलकोत्सवको कार्यक्रम हुने छ ।त्यसै दिन  नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको समेत जनकपुर आएर भारतको अयोध्याबाट आएका रामको जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेका हुन ।

राष्ट्रपति भण्डारीले जानकी  मन्दिरमा विषेश  पूजापाठ  गरी रंगभूमि मैदान बारहबिघामा आयोजित कार्यक्रममा समेत सहभागी हुने  निमन्त्रणा उपसमिति का संयोजक जनकपुर उपमहानगरपालिका का पुर्व मेयर बजरंग प्रसाद साहले बताए ।

पाँचौँ दिन १४ गते शनिबार जनकपुरको ऐतिहासिक गङ्गा सागर पोखरीमा मिथिलाको परम्परा अनुसार मटकोर विधि हुने छ । त्यस्तै मुख्य कार्यक्रम छठौं दिन १५ गते आइतबार भगवान् राम र सीताको स्वयंवर तथा शुभ विवाह जानकी मन्दिर प्राङ्गणमा हुने छ ।

सातौँ दिन १६ गते सोमबार “राम कलेवा” जानकी मन्दिर प्राङ्गणमा गरी अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरेर विवाह पंचमी समापन हुने बताए ।

नयाँ