arrow

कांग्रेसको भेलामा प्रयोग भएका साधन नियन्त्रणमा

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
nepali-congress-flag.jpg.jpeg

वीरगञ्ज । आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटी र मोटरसाइकल गरी १० सवारीसाधन बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

 पर्साको सफुवा प्रसौनी गाउँपालिका–५ महुबनमा भएको नेपाली कांग्रेसको भेलामा ती साधन प्रयोग भएका थिए ।

सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरीका प्रहरी निरीक्षक रामकुमार महतले ती गाडी प्रहरीचौकी महुबनमा राखिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ