-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बुधबार राति काठमाडौंलाई भूकम्पले झस्काएको छ ।
राति १० बजेर ८ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको फुल्पिङकोट रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसको मापन ५ रेक्टर स्केल रहेको केन्द्रले बताएको छ । यो नयाँ भूकम्प नभएर २०७२ को महाभूकम्पको पराकम्प रहेको पनि केन्द्रले जनाएको छ ।
साविकको बागमती अञ्चल वरिपरिका जिल्लाहरुमा यसको धक्का महसुस गरिएको छ ।
रातिको समयमा गएको पराकम्प भएकाले धेरैजसो सुतेको समयमा परेको छ ।
सामाजिक संजालमा भने यसबारे चर्चा परिचर्चा भएको छ।
धेरै पछि काठमाडौंवासीले भूकम्पको झड्काको महसुस गरेका छन् ।