arrow

प्रधानमन्त्री ओलीले यसो भने ट्वीटरमा

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
kp-sharma-oli4.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । 

एपेन्डिसाइटिस भएपछि उनको गत मंगलबार शल्यक्रिया गरिएको थियो । बुधबार भने उनले पत्रपत्रिकाहरुमा आफ्नाबारे कस्ता समाचार आएका थिए भनी चासो राखेको डा अरुण सायमीले संचारकर्मीलाई बताएका थिए । 

ओलीले बिहीबार बिहान ट्वीटरमा ट्वीट गर्दै यसो लेखेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ