लागुऔषध ओसारपसार गर्ने युवायुवती पक्राउ

श्रीकृष्ण सिग्देल, प्रकाशित मिति : २०७६ मङ्सिर १२ बिहिबार

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध ओसार पसार गर्ने दुई जनाई पक्राउ गरेको जनाएको छ । बिशेष सुराकीको आधारमा प्रहरी अधिकृत सहितको टोलीले ट्राफिक चोक स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाच गर्ने क्रममा लागुऔषध सहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको हो ।

 पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका २६ बस्ने बर्ष २२ को अष्टमान लामा र पर्वत जिल्ला कुश्मा घर भई हाल पुतलीबजार नगरपालिका १ बस्ने बर्ष ३० की मिना थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिए ।

 उनीहरुको साथबाट डाईजेपाम ४८ एम्फुल, फेरागन ४८ एम्फुल र नोफिन ४८ एम्फुल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका लामा र थापालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर अनुसन्धान पक्रिया अगाडी बढाएको  प्रहरीले जनाएको छ । खुला नाका सगै सिद्धार्थ राजमार्गको प्रयोग गरि लागुऔषध ओसारपसारमा यो राजमार्ग ट्रान्जिट बन्दै जान थालेको छ ।

नयाँ