arrow

जिप दुर्घटनामा पाँचको मृत्यु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
लमजुङ। लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकाको चनौटे धालुधारामा गएराति १ः३० बजे ग१ज ५५८८ नं को जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृतकहरूमा बेँसीसहर नगरपालिका–१० का २३ वर्षीय भरत थापा, २६ वर्षीय वसन्त श्रेष्ठ, २२ वर्षीय मुसा तामाङ, २५ वर्षीय खुसिराम आले र खुदी–९ का नन्द गुरुङ रहेका छन् ।

घटनामा परी सोही स्थानका हिरा घले र अक्कल तामाङ सख्त घाइते रहेका छन् । उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ । बेँसीसहर नगरपालिका बेलौती बिसौनाबाट बेँसीसहरतर्फ आउँदै गर्दा जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिप्रका लमजुङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ