arrow

नेकपाका को को नेता गएका थिए मौन अवधिमै पैसा र आश्वासन बाड्न ?

पैसा र आश्वासन बाँड्न गएका नेकपाका नेताहरुलाई स्थानियले यसरी फर्काइदिए

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
PAKRAU1.jpg

बागलुङ । उपनिर्वाचको मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्न खोजेको भन्दै बाग्लुङमा स्थानीयहरुले नेकपा वागलुङका नेताहरुलाई जताबाट आयो उतै फर्काइदिएका छन् ।

बागलुङ क्षेत्र नम्बर २ को ख मा हुन लागेको निर्वाचनलाई प्रभावित पार्न क्षेत्र नं. २ कै कबाट निर्वाचित सांसद चन्द्रबहादुर बुढासहितका नेकपा नेताहरु पैसा र आश्वासन सहित गाउँ प्रवेश गरेको थाहा पाएपछि स्थानीयहरुले उनीहरुलाई जताबाट आए त्यतै फकाएका हुन् ।

स्थानीयले मौन अवधिमा पैसा सहित आश्वासन बाँड्न गएका नेताहरुको गाडी पनि नियन्त्रणमा लिएका थिए। उनीहरुले के के बाँड्न आएको हो भन्दै उनीहरु सवार गाडीमा खानतलासी गरेका थिए । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएपनि टोली नै लिएर सांसद बुढा गाडीमा तमानखोला गाउपालिका–१ बोङ्गादोभान पुगेका थिए ।

उक्त समुहले मतदातालाई विभिन्न विकास आयोजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभन दिईरहेको अबस्थामा फेला पारेको स्थानियले बताए । अरुबेला विकास निर्माणका योजना नल्याउने तर चुनावका बेला विभिन्न प्रलोभन देखाउनै भन्दै स्थानीयले आक्रोस पोखेको भिडियो समेत सार्वजनकि भएको छ ।

स्थानीयले सोधपुछ गरि आचारसंहिता बिपरित मतदाता प्रभावित गरेको ठहर गरेपछि गाडी नियन्त्रणमा लिइएको बताएका छन्। उनीहरुले मतदातालाई पैसा पनि बाँडेको आरोप लगाइएको छ । सार्वजनिक भएको भिडियोमा पैसा बाँडन खोजेको आरोप लगाइएको छ । तर पैसा बाँडेको भन्दै स्थानीयले थर्काएपनि सांसद बुढा सहितको टोलीले अस्विकार गरेको भने देखिएको छैन्।

मतदाता प्रलोभनमा पार्ने समुहमा प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमोका जिल्ला अध्यक्ष अमर थापा, गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गोविन्द नेपाली लगायतका नेताहरु थिए ।

भिडियो अहिले सामाजिक सञ्जालमा भइरल भएको छ । उनीहरुले दुई लाखको चेक दिएर आएको पनि स्थानीयले दावी गरेका छन् ।  बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही बीच मुख्य प्रतिस्पर्धा हुन लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ