arrow

घुस रकमसहित प्रहरी इन्स्पेक्टर पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
insppector-sah.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित इन्स्पेक्टरलाई रंगेहात पक्राउ गरेको छ । वर्दिवासबाट खटिएको  अख्तियारको टोलीले शुक्रवार ९० हजार घुस रकमसहित इन्स्पेक्टर राम किशोर साहलाई रंगेहात पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक साहलाई जनकपुर उपमहानगरपालिका–८ को एक होटलबाट अख्तियारले नियन्त्रणमा लिएको छ ।

ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै इन्स्पेक्टर साहले  जनकपुरमा घुस रकम लिन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ