arrow

उपनिर्वाचनको मतदान सुरु, साँझ ५ बजेसम्मको समय 

logo
प्रकाशित २०७६ मंसिर १४ शनिबार
voting2.jpg

काठमाडौं । उपनिर्वाचनको मतदान सुरु भएको छ । शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान सुरु भएको हो । 

एक प्रतिनिधिसभा (कास्की), तीन प्रदेशसभा (भक्तपुर, दाङ र बाग्लुङ) तथा बाँकी ४८ स्थानीय तहका पदका लागि मतदान भइरहेको हो । 

अहिलेसम्म शान्तिपूर्ण रुपमै मतदान चलिरहेको बताइएको छ । गत साउन १६ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा साँझ ५ बजेसम्म मतदान गर्न पाउनेछन् ।

मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेना रहेका छन् । 

यसैबीच, कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सबैको ध्यान बढी नै गएको छ । यस क्षेत्रमा १० राजनीतिक दल र ११ स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन् ।

दिवङ्गत नेता एवं तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा भइरहेको निर्वाचनलाई राष्ट्रियरुपमै महत्वका साथ गरिएको छ ।
 
कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वडाका ७१ हजार ८७१ मतदाता छन् । ती मतदाताकाले ८२ मतदान केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचन सम्पन्न गराउनका लागि ४१० कर्मचारी परिचालन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ