arrow

चुनावको अघिल्लो रातसम्म चामल बाँडेको नेकपाले मतदान केन्द्रमा बाँड्यो भातको कुपन

logo
घनश्याम पौडेल,  
प्रकाशित २०७६ मंसिर १४ शनिबार
malarani-arghakhanchi-elect.jpg

अर्घाखाँची । अर्घाखाँचीको मालारानीको खनदहमा उपनिर्वाचन सुरक्षा तथा व्यवस्थापन फितलो देखिएको छ । बिहान ७ बजेबाट सुरु भएको निर्वाचनमा लाइनमा बसेका मतदातालाई भातको कुपन बाँडेर प्रभावित पार्ने काम भईरहेको पाइएको छ। 

मतदान स्थलबाट  पत्रकार वीरेन्द्र केसीले दिएको जानकारी अनुसार आचारसंहिता विपरित मतदानस्थलमै मत माग्दै भातको कुपन बाँडिएको हो ।

लाईनमै बसेका मतदातालाई भातको कुपन बाँड्दा पनि सुरक्षाकर्मी मौन रहेका छन्। आचारसंहिता विपरित काम भएकोमा केहि मतदाताले विरोध जनाएका छन्।

नेकपाका नेताहरू अघिल्लो रातसम्म चामल बाड्ने चुनावको दिन भात बाड्ने भन्दै कांग्रेस तथा अन्य सर्मथकले विरोध गरेका छन्।

३ हजार ३० मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो ।

निर्वाचनको लागि ४ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी १२ जना मतदान स्थलमा खटिएका छन् ।

मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ