arrow

भक्तपुरमा ढल्यो नेकपाको गढ, कांग्रेसका भँडेल विजयी

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
bhadel.JPG

काठमाडों । भक्तपुर १ (क) मा भएको उपनिर्वाचमा नेपाली कांग्रेस विजयी भएको छ । प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल  भँडेलले  २ हजार २ सय ४२  मतले जीतेका हुन् ।

कांग्रेसका उमेदवार भँडेलले १३ हजार ४४८ मत ल्याएर निर्वाचित भए भने  निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए । गत वर्ष हृदयघातबाट उनको निधन भए पछि भक्तपुर १ (क) खाली थियो । भक्तपुर १ (क) को प्रदेश सभाको उपनिर्वाचन सबैको चासाको विषय बनेको छ ।

यस निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले आफनो प्रतिष्ठा बनाएका थिए । पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुर २ का सांसद महेश बस्नेत नेकपालाई जिताउन लागिपरेको देखिए पनि नागरिकस्तरमा उनको केहि जोर चलेन। पूर्व माओवादीबाट उमेदवारी पाएका ढकाल नजित्दा नेकपामा यसको दुरगामी असर पर्ने पूर्व माओवादीका एक  स्थानिय नेताले बताए ।

भक्तपुर १ (क) राजधानी काठमाडौसँग जोडिएको क्षेत्र भएकोले पनि यस क्षेत्रलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ