arrow

कास्कीमा विद्याको उदय, खेमराजको बधाइ

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
bidhya-kaski-ncp.jpg

पोखरा ।   कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई  विजयी भएकी छन्।  नेपाली कांग्रेसका प्रतिस्पर्धी खेमराज पौडेललाई आठ हजार ४०९ मतान्तरले हराउदै विद्या भट्टराई विजयी भएकी हुन् ।

मतगणना सकिए पनि औपचारिक घोषणा गर्न भने बाँकी नै छ । औपचारिक घोषणा हुन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।

विजयी उमेदवार भट्टराईले  मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएपछि पौडेलले ट्विटबाटै विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई तथा शुभकामना दिएका हुन्।    

'सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति', पौडेलले लेखेका छन्,'राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।'

कांग्रेसका उम्मेदवार पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका नेता हुन्  भने  नेकपा उम्मेदवार विद्या भट्टराई स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन् ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्युभएपछि कास्की–२ मा उपनिर्वाचन भएको हो । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलेले विद्यालाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ