arrow

कांग्रेस र नेकपाका कार्यकर्ताबीच खुकुरी हानाहान, कांग्रेस नेता स्वाँर र नेकपाका साउद घाइते

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
khukuri-prahar-acham-leader.gif

अछाम। अछामको मेल्लेखमा उपनिर्वाचन सकिएपछि भएको झडपमा घाइते भएकाहरुको उपचार भइरहेको छ। झडपमा परि ६ जना घाइते भएका थिए। 

नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच भएको झडपमा अछाममा कांग्रेसको क्षेत्र नम्बर १ ख का क्षेत्रीय सभापति डम्बर स्वाँरको टाउकोमा चोट लागेको छ।  

नेकपाका कार्यकर्ताहरुले खुकुरी प्रहार गर्दा स्वाँरको टाउकोमा गम्भीर चोट लागेको र दाँया हात समेत भाचिएका कारण थप उपचारका लागि नेपालगंज पठाइएको कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाले जानकारी दिए। नेकपाका कार्यकर्ताहरुको कुटपिटबाट अन्य चार जना कांग्रेसका कार्यकर्ताहरु सामान्य घाइते भएको ढुँगानाले जनाए।

झडपमा नेकपाका कार्यकर्ता गम्भीर साउद समेत गम्भीर घाइते भएका छन्। उनको पनि टाउकोमा लागेको चोटको उपचारका लागि नेपालगञ्ज पठाइएको बताइएको छ। 

दुई पक्ष भिड्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो। एक दलका कार्यकर्ताले अर्को दललाई आरोप लगाएपनि दुई पक्षबीच भिडन्त हुँदा प्रहरीलाई पनि स्थिति नियन्त्रण लिन गाह्रो भएको प्रहरीले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ