arrow

दाङबाट विजयी वलीले भनिन्- दिवंगत श्रीमान्‌को सपना पूरा गरेर छाड्नेछु

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
bimalaoli.jpg

दाङ । दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला  खत्री (वली) आफू सधैँ जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट सोमबार विजयीको प्रमाणपत्र लिएपछि खत्रीले  आफूलाई पश्चिमका  जनताले  अमूल्य मत प्रदान गरी विजयी बनाएकामा धन्यवाद दिइन्।    

उनले भनिन्, “आफूलाई जनताले आफ्ना दिवंगत श्रीमान् उत्तरकुमार वलीको सपना पूरा गर्ने जिम्मेवारी सुम्पेका छन्, म जिम्मेवारीलाई पूरा गरेर छाड्नेछु ।”

उनले मतदानमा सहभागी मतदाता, सुरक्षामा खटिने सम्पूर्ण सुरक्षा निकाय, मतदान अधिकृत कार्यालयमा प्रमुख तथा प्रतिनिधि, सरकारका सबै तहका कर्मचारी, पार्टीका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी तथा सबैलाई धन्यवाद  दिइन्।

खत्रीले २४ हजार २८६ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरे ।

नेकपाका उम्मेदवार विमला खत्री (वली) स्व उत्तरकुमार वलीकी पत्नी हुन् । नेकपाका सांसद उत्तरकुमारको मृत्युपछि दाङ निर्वाचन क्षेत्र नं ३ को (ख)मा निर्वाचन भएको हो ।

सो अवसमा प्रजिअ गोविन्दप्रसाद रिजालले बधाई तथा सफलताको शुभकामना दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ