arrow

प्राध्यापन पेशाबाट राजनीतिमा फर्किएकी विद्या जनताको सेवक बन्ने

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
bidhya-bhattrai.jpg

पोखरा । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताएकी छन्  ।  मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै उनले जनताले जुन उत्साहका साथ मतदान गरेर जिताएको अबको बाँकी समय तिनकै सेवक भएर बिताउँछु भनिन् ।

“राजनीतिमा अझै पनि धेरै चुनौती छन्, राजनीतिक संस्कारको अभााव छ । युवामा राजनीतिप्रतिको विश्वास गुमेको छ, अबको राजनीतिले नयाँ पुस्ताको रुचिलाई सम्बोधन गर्न सक्नुपर्छ, जनताको चाहनालाई सुनुवाइ गर्नुपर्छ”, प्राध्यापन पेशाबाट राजनीतिमा फर्किएकी उनले भनिन् ।

उपनिर्वाचनमा मतदाताले समुद्ध नेपाल सुखी नेपालीका अभियानकर्मी आफ्ना जीवनसाथी  रवीन्द्रप्रसाद अधिकारीको पनि सम्मान गरेको बताइन् । भट्टराई  उनले आइतबार पोखरा महानगरपालिका–२० मा  श्रमिकको बाटो निर्माण क्रममा पुरिएर मृत्यु भएको घटनाले आफूलाई निकै दुःखी बनाएको छ भन्दै मृतक मजदूरप्रति श्रद्धाञ्जलि अर्पण गरिन् ।

अनेरास्ववियुका सचिवसम्म रहेकी भट्टराईले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले आफूलाई बधाई दिएर देखाएको राजनीतिक संस्कारप्रति पनि  धन्यवाद दिए ।

नेकपाका नेता तथा भट्टराईका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचन भएको थियो ।

 कास्कीमा क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५६३ मत खसेको थियो । भट्टराईले २४ हजार ३९४ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका थिए । आठ हजार ४०३ को मतान्तरले भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ