arrow

भक्तपुरमा टिपरको ठक्करबाट समीरको मृत्यु, फरार टिपर तीनकुनेबाट नियन्त्रणमा

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
tiper1.jpg

भक्तपुर । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिपरले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिपरले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको बताए।

ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडौं कोटेश्वर तीनकुनेबाट बा.३ख. २५३१ नंको टिपर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ