arrow

घुससहित ट्राफिकका सई पक्राउ

logo
निरंजन कुमार साह
प्रकाशित २०७६ मंसिर १६ सोमबार
traffice.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  धनुषाबाट एकजना ट्राफिक प्रहरीलाई  घुससहित पक्राउ गरेको छ । सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट ट्राफिक प्रहरीका सई नविनकुमार झालाई घुस रकम सहित पक्राउ गरेका छन ।

ट्राफिक सइ टिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले झालाई रंगेहात पक्राउ गरेको हो  ।

टिपर चालकसंग पटक–पटक पैसा माग्ने गरेपछि ट्राफिक सइ झाविरुद्ध अख्तियारको कार्यालय बर्दिवासमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमनगर्दा ट्राफिक  घुससहित पक्राउ गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ