arrow

पत्रकार किशोर नेपाललाई सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

logo
सदिक्षा गैरे,
प्रकाशित २०७६ मंसिर १६ सोमबार
kishor-Nepal.jpg

कावासोती । नेपाल प्रेस युनियनको नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ । युनियनको सोमबार कावासोतीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको प्रेस युनियन नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुलीले बताए ।

पच्चिस हजार रुपैया पुरस्कार राशी रहेको सो पुरस्कार यहि मंसिर २० गते एक भब्य समारोहका बिच प्रदान गरिने युनियनका जिल्ला सचिब एवं प्रबक्ता आशिष रेग्मीले जानकारी दिए । सो पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला लगायतका केन्द्रीय नेता एवं प्रेस युनियनका केन्द्रीय पदाधिकारी कावासोती आउने रेग्मीले बताए ।

यस वर्षको पुरस्कार प्राप्त गर्ने वरिष्ठ पत्रकार नेपाल नेपाली पत्रकारिता जगतका सिद्दहस्त ब्यक्ति हुन् । साहित्य पत्रकारिताबाट पत्रकारिता सुरु गरेका नेपाल पंचायतकालबाट नै पत्रकारितामा होमिएका थिए । २०३३ सालबाट गोरखापत्रमा उपसम्पादकको काम गरेका नेपालले पछि २०३७ सालमा देशान्तर पत्रिका आफैले चलाउन सुरु गरेका थिए ।

गोरखापत्र , हिमालयन टाईम्स , कान्तिपुर नागरिक दैनिक जस्ता पत्रीकाहरुको सम्पादक रहि काम गरिसकेका नेपाल पंचायतकालमा राज्यसत्ताको विरोध गरेको अभियोगमा पाँच पटक गिरफ्तारीमा परेका थिए । नेपालले अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, ध्यानगोविन्द रञ्जित प्रकाशमान सिंह सँगै जेल जीवन बिताएका थिए ।

प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतनादेवी अधिकारीको स्मृतिमा उनका छोरा कांग्रेस नेता मदनभक्त अधिकारीले सो पुरस्कारको स्थापना गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ