arrow

बालकलाई बचाउन पार्वतीले तपस्याको सबै पूण्य दिइन गोहीलाई

परिणाममा पार्वतीको पूण्य अनन्तगुणा बढेर भयो अक्षय

logo
पुराण,
प्रकाशित २०७६ मंसिर १६ सोमबार
shiv-parbati.jpg

काठमाडौं। पर्वतराज हिमालयकी पुत्री पार्वती भगवान् शंकरलाई पतिरूपमा पाउनको लागि कठिन तपस्या गरिरहेकी थिइन्। तपस्याको अन्तमा ब्रह्माजीले भगवान् शिव पतिरूपमा प्राप्त हुनेछन् भनि उनलाई आश्वासन दिएका थिए। एक दिन माता पार्वती भगवान् शंकरको चिन्तन गरिरहेकी थिइन् सोहि समय उनले पानीमा डूब्दै गरेको बालकको करुण-पुकार सनिन्, जसलाई एक गोहीले तानिरहेको थियो ।

गोही बालकलाई खानलाई तान्दैथियो, तब बालकको क्रन्दन अझ बढ्दै थियो। पार्वती कुदेर त्यहाँ पुगिन् । सो बालक गोहीको मुखमा परेर थरथर कापि रहेको थियो । पार्वतीले गोहीलाई प्रार्थना गरिन् -'ग्राहराज! म तपाईलाई नमस्कार गर्छु । तपाई यस बालकलाई छोडिदिनुहोस।'

गोहीले भने -'विधाताले मेरो आहारको लागि छैटौं दिनमा जो तिम्रो सामु आउछ, उसलाई तिमि खानु भनि नियम बनाएका छन् । आज विधाताले यसलाई मेरो सामु पठाएका छन् । म यसलाई कुनै प्रकारले छोडन सक्दिन ।'

उमाले भनिन्-'गोहीराज! यस बालकलाई छोडिदेउ। यसको बदलामा म तिमिलाई आफ्नो तपस्याको पुण्य दिन्छु।' यो सुनेर गोही केहि शान्त भए । उनले भन्यो -'ठीक, यदि तिमि आफ्नो सम्पूर्ण तपस्याको पुण्य दिन्छौ भने म छोड दिन्छु ।'

करुणामयी माताले तुरुन्त संकल्प गरेर आफ्नो तपस्या गोहीलाई दान दिइन्। तपस्याको फल पाएर गोही मध्यान्हको सूर्य जस्तै चम्किन थाल्यो । उसले भन्यो -'देवी! तिमि आफ्नो तपस्या फिर्ता लग। म तिमिले भनेकै आधारमा यस बालकलाई छोडिदिन्छु' तर पार्वतीले उसको कुरा अस्विकार गर्दै तपस्याको पुण्य फिर्ता लिइनन्।

गोहीराजले देवीको धेरै प्रशंसा गर्दै बच्चालाई छोड दिए। बालकले आँसुले भरिएको आखाले देवीलाई हेर्दै आफ्नो कृतज्ञता प्रकट गरे। देवीले बालकलाई सप्रेम सबल बनाइन्। बालकलाई बचाएर उमा निकै संतुष्ट थिइन्।

आश्रममा आएर उनि पुनः तपस्याको उपक्रम गर्न थालिन्, तब भगवान् शंकर प्रकट हुनुभयो र भन्नुभयो-'कल्याणी! अब तिमिले तपस्या गर्न आवश्यकता छैन। तिमिले त्यो तपस्या मलाई नै अर्पित गर्‍यौ । त्यो तपस्या अनन्तगुना भएर तिम्रो लागि अक्षय बनेको छ ।' (ब्रह्मपुराण)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ