गगनले सरकारलाई दिए चेतावनी – शैली सच्याउ नत्र सकिन्छौ

प्रकाशित मिति : २०७६ मङ्सिर १७ मंगलबार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले उपनिर्वाचनले नेकपालाई  स्पष्ट सन्देश दिएको भन्दै सरकारको शैली सच्याउन चेतावनी दिएका छन् । थापाले ट्वीटरमार्फत ‘सरकारको शैली सच्याउ नत्र सकिन्छौ’ भनेका छन् । 

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले ‘सच्चिने वा सक्किने उसको कुरा’ भनेका छन् । 

थापाले नेपाली काँग्रेसले पनि उपचुनावमा खासै सफलता हासिल गर्न नसकेको स्वीकार्दै भनेका छन्, – तर सन्देश हामीलाई पनि त छ ।’

थापाले लेखेका छन्, – नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ । मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो कुरा ।’

शनिबार भएको उपचुनावमा नेकपाले ५२ मध्ये ३० र कांग्रेसले १३ सिट जितेको थियो । तर कांग्रेसले भक्तपुरबाट प्रदेश सांसद र धरान उपमहानगरपालिकाबाट मेयर खोस्न सफल भएको थियो । 

नयाँ