arrow

भारी परिमाणमा पटाका बरामद गरि नष्ट

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1605489933.jpeg
यादव आचार्य, बर्दिया। दीपावली र छठ पर्वलाई लक्षित गरी बिक्री गर्ने उद्देश्यले भारतबाट नेपाल भित्र्याईएका भारी परिमाणमा वारुदजन्य पटाकाहरु प्रहरीले बरामद गरेको छ। बिष्फोटक पदार्थको आयात तथा प्रयोग नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय लगायत मातहतका कार्यालयहरु मार्फत जिल्लाका विभिन्न बजार तथा नाकाहरुबाट बिष्फोटकजन्य पटाकाहरु बरामद गरिएको हो।
 
सनपाट, भुईचम्पा, रकेट लगायत विभिन्न ३० प्रकारका बिष्फोटकजन्य पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक गोविन्द राम परियारले जानकारी दिए। करिव १ लाख ५५ हजार मुल्य बराबरको पटाकाजन्य पदार्थहरु पत्रकार सम्मेलन पछि प्रहरीले नष्ट गरेको छ।
 
त्यस्तै विजयदशमी र दीपावलीको अवधिमा करिब २ लाख रुपैया सहित ५७ जना जुवातास खेल्नेलाई पक्राउ गरिएको उपरिक्षक परियारले जानकारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ