कुलपुजाको लागि हिडेको जीप बडिगाड खोलामा खस्दा १४ जनाको मृत्यु
नारायण रिजाल,
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
747
Shares
बागलुङ । मध्यपहाडी लोकमार्ग बागलुङको बडिगाडमा जीप दुर्घटना भएको छ । बडिगाड गाउँपालिका–७ भगेर्ना कोप्चेमा जीप दुर्घटनामा परि १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गुल्मीबाट बागलुङको निसिखोला जाँदै गरेको गरेको ग १ ज ५२१९ नम्बरको जीपमा १८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरिक्षक झविन्द्र भट्टराईले जनकारी दिए ।
जीपमा सवार मध्ये ३ जना घाईते भएका छन भने १ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ । घाइते तीन जनाको अवस्था गम्भिर रहेको छ ।
उनीहरुको थप उपचारको लागि हेलिकप्टर मगाएको वडाध्यक्ष कृष्ण गुरुङ्गले बताए । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका यात्रुहरु रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । उनिहरुको सनखत भने हुन बाँकी रहेको छ । दुर्घटना स्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन ।