arrow

दाइजो प्रथाविरुद्ध रामजानकी विवाहपञ्चमीमा ३८ जोडीको सामूहिक विवाह

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
bibaha2.jpg

जनकपुर । जनकपुरको मणिमण्ड्पमा सामूहिक विवाह कार्यक्रमको आयोजना गरिएको छ। दाइजो प्रथाविरुद्ध रामजानकी विवाहपञ्चमीको अवसर पारेर सोमबार सामूहिक विवाहको आयोजना गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मणिमपण्डपमा सोमबार राति ३८ जोडीको सामूहिक विवाह भएका छन । सामूहिक विवाहको सम्पूर्ण तयारी विश्व हिन्दु परिषद् र श्री सिताराम मणिमण्डप विकास समितिले गरेको थियो ।

सामूहिक विवाहपूर्व विवाहका लागि आएका बेहुलाहरुलाई जनकपुरधाम दर्शनसमेत गराइएको थियो । जनकपुर दर्शन अन्तर्गत उनीहरुलाई रथमा चढाएर नगरपरिक्रमा गराएका थिए ।

सामूहिक विवाहमा कम्तिमा १०८ जोडीको विवाह गर्ने लक्ष्य राखिएपनि कतिपयले विभिन्न कारण वस आउन नसके पछि ३८ जोडी लाई विवाह गराएको श्री सिताराम मणिमण्डप विकास समिति का सदस्य जितवहादुर राउतले बताए ।

राउतका अनुसार सामूहिक विवाहका लागि धनुषा, महोत्तरी, सिरहा ,सर्लाही, सप्तरी, खोटाङ,सिउन्धली, मोरङलगायतका जिल्लाबाट जोडीहरु पुगेका थिए ।

सामूहिक विवाहको लागि व्यवस्था प्रदेश सरकारवाट १० लाख सहयोग भएको ,केहि पर्यटन मन्त्रालयवाट सहयोग हुने मणिमण्डप विकास समितिका अध्यक्ष नरायण राउतले बताए ।

राउतका अनुसार नवविवाहिता जोडीहरुलाई उपहारको व्यवस्था विश्वहिन्दु परिषद् र श्री सिताराम मणिमन्डप विकास समितिले गरेका हुन् ।
सामुहिक विवाहको अन्य खर्च स्थानीयवासी र अन्य संघसंस्थाले सहयोग गरेका समिति का सदस्य जित बहादुर राउतले बताए ।

समितिका अध्यक्ष नरायण राउतका अनुसार सामूहिक विवाहमा करिब ८० देखि ९० लाख खर्च भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ