arrow

जीप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगियो

logo
नारायण रिजाल,
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
Halie.jpg

नारायण रिजाल, बागलुङ । मध्यपहाडी लोकमार्ग  खण्ड अन्तर्गत बागलुङको बडिगाडमा जीप दुर्घटना भएको छ ।  गुल्मीको ईश्माबाट बागलुङको निसिखोला जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका–७ भगेर्ना कोप्चेमा जीप दुर्घटनामा  भएको हो ।

 दुर्घटनामा परि १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै तिन जना गम्भिर घाईते र १ जना बेपत्ता भएका छन । घाईतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट  काठमाडौ लगिएको छ । घाईतेको उद्धारका लागि पुर्व मन्त्री गोकर्ण विष्ट नेपाली सेनाको हेलिकप्टर लिएर आएका थिए । जीपमा सवार १८ जना मध्ये ९ जना महिला, ४ जना पुरुष र १ बालक सहित १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक झविन्द्र  भट्टराईले जानकारी दिए ।

जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल बडिगाड खोलामा खसेको छ । मृत्यु अधिकाशं एउटै गाउँका रहेका छन । मृतक र घाईते र बेपत्ताको सनाखत पनि भै सकेको छ ।

मृत्यु हुनेमा गुल्मीको ईश्मा गाउँपालिका – ५ जीप चालक २५ बर्षिय रेशम थापा, सोही स्थानका ३० बर्षिय सूचना कार्की, ४० बर्षिय बसुन्धरा कार्की, ईश्मा गाउँपालिका – ५ की २३ बर्षिया मायाँ थापा, नवलपरासी वर्दघाट –२ का ६० बर्षिय मुमा कार्की, बागलुङ वडिगाड गाउँपालिका– ५ का ५५ बर्षिय लक्ष्मी केसी इश्मा गाउँपालिका– ४ बस्ने ४० बर्षिय सिता कार्की, उनकी छोरी २ बर्षिय अनुसा कार्की,  सोही स्थानकी ६५ बर्षिय झवी कार्की, सोही स्थानका ४० बर्षिय महेन्द्र कार्की, ४५ बर्षिय भुमि कार्की २५ बर्षिय मिना वस्नेत, ६५ बर्षिय धनबहादुर कार्की, र कञ्चनपुर जिल्लाका ५५ बर्षिय धनबहादुर कार्कीे सनाखत भएको छ । उनिहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै इश्मा ४ बस्ने ६५ बर्षिय धनबहादुर कार्कि बडिगाड खोलामा बेपत्ता भएका छन ।

जीपमा सवार ३ जना गम्भिर घाईते छन्  घाइते मध्ये नवलपरासी वर्दघाट २ का २२ बर्षिय जिवन कार्की, गुल्मी ईश्मा गाउँपालिका ४ बस्ने ४ बर्षिय बालक हिमाल कार्की, सोही स्थानकी २४ बर्षिय निमा केशी रहको प्रहरीले जनाएको छ ।  

घाइते तीन जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको छ ।  दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका यात्रुहरु रहेको प्रहरीले बताएको छ । दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।

गुल्मीको इस्मा गाउँपालिका ५ पैँयापाटा देखि बागलुङको निसीखोला २ तर्फ कार्कि समुदाय कुलपुजाका लागि निसीखोला आउँदै गरेका थिए ।  
तश्विर घाईतेलाई उद्धार गर्दे नेपाली सेनाको हेलिकप्टर ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ