arrow

सीजी शाश्वतधाम नजिक आगलागी, ग्यारेज र पसल जलेर नष्ट

logo
सदिक्षा गैरे,
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
fire-final.jpeg

कावासोती । नवलपुरको दुम्कौली स्थिीत चौधरी ग्रुपको सीजी शाश्वतधाम अगाडी मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतीको बिवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटका अनुसार देबचुली नगरपालिका वडा नम्बर २ सीजी अगाडी स्थानीय तुलसी जैसीको बन्द रहेको मोटरसाईकल ग्यारेज र सोही  ग्यारेजसँगै रहेको तुलसी चौधरीको किराना पसलमा आगलागी भएको हो ।

आगलागीबाट मानविय र चौपायाको क्षती भएको छैन ।  ग्यारेज र किराना पसलको सबै सामानहरु भने जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक रानाभाटले बताए ।

अचानक आगोलागी भएपछि प्रहरी , स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । आगलागीको कारण खुल्न नसकेको र यस बिषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक रानाभाटले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ