arrow

कार्यकारी सम्हालेपछि पहिलो पटक प्रचण्डद्धारा सचिवालय बैठक आव्हान

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका पाएपछि पहिलो पटक सचिवालयको बैठक बस्न लागेको हो ।  

बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने कार्यसूची तय भएको बताइएको छ ।  

प्रधानमन्त्री एवं पार्टीका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली अस्पतालमा रहेका कारण उनको स्वीकृति लिएर प्रचण्डले बैठक डाकेको बताइएको छ । 

ओलीले बैठक डाक्दा प्रधानमन्त्री निवासमै बैठक डाक्दै आएका थिए । ओली नभएपछि बैठक पार्टी मुख्यालयमा हुन लागेको हो । 

पार्टी एकता भएको डेढ वर्षको अवधिमा प्रचण्डले तेस्रो पटक बैठकको अध्यक्षता गर्न लागेका हुन् । एक पटक सचिवालय र एक पटक स्थायी कमिटि उनको अध्यक्षतामा बैठक बसेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ