arrow

संगठित सदस्य जलाएर नेकपा परित्याग

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
topendra-membership-burnt.jpg

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टीमा संगठित भएकाहरु पार्टी नेतृत्व र संगठनसाग कसरी रिसाएका छन भन्ने एक उदाहरण सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ। 

तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी मिलेपछि बनेको नेकपा बनेपछि कतिपय कार्यकर्ताहरु उत्साहित बनेर नयाँ पार्टीमा क्रियाशिल भएपनि कतिपय कार्यकर्ताहरु पार्टी नेतृवले जनताको लागि गरेका प्रतिवद्धता पुरा नगरेको भन्दै पार्टी छोड्न समेत लागेका छन्। 

कतिपयले पार्टी परित्याग गरि अन्य दलमा समाहत हुने गरेका छन्। उनीहरुले सार्वजनिक कार्यक्रममा अन्य दलको सदस्यता समेत लिने गरेका छन्। 

तर सुर्खेतका टोपेन्द्र बीसी भने यस मामिलामा फरक देखिए। उनले आफूले नेकपा परित्याग गरेको जानकारी फरक शैलीमा सार्वजनिक गरे।

२०६९ सालमा तत्कालिन नेकपा एमालेको संगठित सदस्य भएका विरेन्द्रनगर नगरपालिका ३ का बीसीले सदस्यता लिएको सात बर्ष ४ महिना पछि आफूले लिएको सदस्यता जलाएर पार्टी परित्यागको घोषणा गरेका हुन्। 
बीसीले सदस्यता जलाएको भिडियो युट्युवमा पनि राखेका छन्। 

नेकपा शोषण दमनमा उत्रिएको तथा जनताको आवश्यकताको पुरा गर्न अक्षम भएको भन्दै उनले नेकपाको सदस्यता त्यागेको घोषणा गरेका हुन्। भिडियो केहि महिना अघीको भएपनि फेरि सो भिडियोको चर्चा शुरु भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ