arrow

जीप दुर्घटनामा मृत्यु र घाइते हुनेको नाम

logo
कौरव खत्री,
प्रकाशित २०७६ मंसिर १८ बुधबार

गुल्मी । बागलुङको बडिगाड गाँउपालिका ७ घोपर्नामा जीप दुर्घटना हुदा १४ को मृत्यु भएका छन भने ३ जना घाइते भएका छन् । ग १ ज ५२१९ नम्वरको जीप मंगलबार विहान बागलुङको बडिगाड गाँउपालिका ७ घोपर्ना मध्य पहाडीलोक मार्गबाट  करिव १सय,५० मिटर तल बडिगाड खोलामा  खसेर दुर्घटना भएको हो ।

कुल पुजाको लागि  गुल्मी इश्मा गाँपालिका ४  पयुपाटादेखि बागलुङको निसीखोला गाँउपालिका २ बायोखोला तर्फ जादै गरेको जीप बडिगाड गाँउपालिका ७ घोपर्नामा दुर्घटना भएको हो । जीपमा १८ जना सवार रहेको बझिएको छ ।  दुर्घटना भएको बागलुङ बडिगाड गाँउपालिका ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिए ।

मृत्यु हुने र घाइतेको नामसहित

१.गुल्मी इश्मा गाँपालिका ४ की अन्दाजी २५ बर्षकी  सुचना कार्की
२.गुल्मी इश्मा गाँपालिका ५ बस्ने २५ बर्षका रेशम थापा चालक
३.गुल्मी इश्मा गाँपालिका ५ बस्ने ४० बर्षकी सिता कार्की
४.गुल्मी इश्मा गाँपालिका ५ बस्ने  अ.६५ बर्षकी झवि कार्की
५.गुल्मी इश्मा गाँपालिका ५ बस्ने अ.४० बर्षका  महेन्द्र कार्की
६.गुल्मी इश्मा गाँपालिका ५  बस्ने अ.४५ बर्षकी भूमी कार्की
७. गुल्मी इश्मा गाँपालिका ५  बस्ने २५ बर्षकी मिना बस्नेत
८.गुल्मी इश्मा गाँपालिका ५ अ. ६५ बर्षका धन बहादुर कार्की
९. गुल्मी इश्मा गाँपालिका ५  की अन्दाजी २ बर्षकी अनुष्का  कार्की
१०. गुल्मी इश्मा गाँपालिका ५  की अन्दाजी ४० बर्षकी बसन्धुरा कार्की
११.गुल्मी इश्मा गाँपालिका ३ बस्ने अ. २३ बर्षकी  माया थापा
१२. बागलुङ बडिगाड गाँपालिका ५  बस्ने अ. ५५ बर्षकी लक्ष्मी केसी
१३. नवलपरासी जिल्ला बर्दघाट नगरपालिका २  बस्ने अ. मुना कार्की
१४.कञ्चनपुर जिल्ला बस्ने अ. ५५ बर्षका धन बहादुर कार्की

 घाइते हुनेहरुमा
१. नवलपरासी जिल्ला बर्दघाट नगरपालिका निवासी जिवन कार्की
२. रोल्पा घर भएकी गुल्मी इश्मा गाँपालिका ५मा माइत भएकी निमा कार्की खत्री
३. गुल्मी इश्मा गाँपालिका ४  हिमाल कार्की  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ