arrow

श्रममन्त्री यादवलाई रक्सी उपहार दिन पुगिन् चिनियाँ राजदूत यान्छी

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
chiness-ambssdor.jpg

काठमाडौं । नेपालका राजनीतिककर्मी, पत्रकार लगायत समाजका विभिन्न प्रभावशाली व्यक्तिहरुलाई उपहार दिएर प्रभावित गर्न खोजेको आरोप लागिरहदा चिनियाँ राजदूत नवनियुक्त एक मन्त्रीलाई रक्सी उपहार लिएर गएको तस्विर सार्वजनीक भएको छ ।

गोकर्ण बिष्टलाई हटाइएपछि मन्त्री बनाइएका श्रम मन्त्री रामेश्वर राय यादवलाई भेट्न चिनियाँ राजदूत होउ यान्छी रक्सी लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गएको तस्विर सार्वजनीक भएको हो ।
 
मंगलबार मन्त्री यादवलाई भेट्न गएकी राजदूत होउ यान्छी सेतो दुईवटा झोलामा प्याकिङ गरिएको रक्सी दिन लागिरहेको तस्विरमा देखिन्छ । मन्त्री यादव भने ढाकाको खादा राजदूतसहित चिनियाँ टोलीलाई लगाउन लागि परेको देखिन्छ । मन्त्रीका सहयोगी हातमा पट्याएर राखिएका केहि खादाहरु बोकेर उभिरहेका देखिन्छन् । खादाको संख्यालाई हेर्ने हो भने राजदूतसहित अन्य चिनियाँ कर्मचारीहरु समेत मन्त्रालय गएको अनुमान गर्न सकिन्छ ।

तस्विरमा भने मन्त्री र राजदूतसहित पाँच जना मात्र देखिन्छन् । जसमध्ये एक चिनियाँ कर्मचारी रहेको भेटमा सहभागी एक प्रत्यक्षदर्शीले बताए । मन्त्रीकै कार्यकक्षमा राजदूतले मन्त्रीलाई उपहारको रुपमा रक्सी दिदै गर्दा कतिपयले जिब्रो निकालेका थिए ।

पछिल्लो केहि बर्ष यता चिनियाँ कुटनितिज्ञ नेपालका प्रभावशाली व्यक्तित्वहरुलाई रक्सी लगायतका उपहारहरु पुर्‍याउने गर्दै आएको सार्वजनीक टिप्पणी हुदै आएको छ । नेपालको राजनीतिमा विस्तारै 'माइक्रो म्यानेजमेन्ट' मा समेत ओर्लिएको चीनको यो 'गिफ्ट डिप्लोमेसी' को आलोचना पनि हुदै आएको छ ।

दशैको समयमा चिनियाँ राजदूतावासले कतिपय प्रभावशालीको घरमै पुर्‍याएको र कतिपयलाई फोन गरेर उपहार लिन आउन समेत भन्ने गरेको पाइएको छ । रक्सी उपहार लिन बोलाइएका 'द हिमालयन टाइम्स' का सम्पादक प्रकाश रिमालले त्यसरी बोलाइएकोमा आपत्ति जनाउदै सामाजिक सञ्जाल ट्वीटरमै राजदूतको ध्यानाकर्षण गराएका थिए ।

पछिल्लो यो प्रकरणले राजदूतावासको 'गिफ्ट डिप्लोमेसी' लाई फेरी उजागर गरिदिएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ