arrow

खोलाबगरमा गैँडाको खाग भेटियो

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
Rhino.jpg.jpeg

चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा बिहिबार बिहान बेवारीसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो ।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले  खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताए। सो क्षेत्रमा हात्तीसहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिए।

दुई साताअघि एउटा गैँडाको खाग झरेको अवस्थामा सोही क्षेत्रमा देखिएको बताउँदै उनले त्यही गैँडाको खाग हुनसक्ने अनुमान गरिएको बताए । बिहान १० बजे खाग भेटिएको जानकारी निकुञ्ज प्रशासनले पाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ