प्रधानमन्त्रीको अस्पताल बसाई सकियो, आज बालुवाटार जाने
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
295
Shares
काठमाडौं। दश दिनदेखि अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपि शर्मा ओली आज अस्पतालबाट ‘डिस्चार्ज’ हुने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए अनुसार बिहीबार (आज) ३ बजे प्रधानमन्त्री अस्पतालबाट छुट्टी पाउने छन्।
अपेन्डिसाईटिसको अप्रेशन पछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री मृगौलाको समस्याले ग्रस्त रहेका छन्। उनको मृगौलाले काम गर्न छाडेपछि लगातार डायलासिसमा रहेका प्रधानमन्त्रीको अपेन्डिसाईटिसको अप्रेशन भएको भनिएको थियो।
प्रेस सल्लाहकार थापाले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्य लाभ गरेर आजै दिउँसो ३:०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु।'