arrow

पाङ्ग्रे भिरबाट मोटरसाइकल खस्दा एकको मृत्यु

logo
सन्जय भट्टराई ,
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
bike-accident.jpg

नवलपुर। नवलपुरको बुलिङ्गगटार गाउँपालिका ५ भारतीपुरबाट दलदले आउँदै गरेको मोटरसाइकल भीरमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

ना २८ प २२६० नम्वरको मोटरसाइकल हुप्सेकोट गाउँपालिका ५ को पाँग्रे भीरबाट खस्दा मोटरसाइकलको पछाडी सवार भारतीपुरका ५५ वर्षिय बुद्धिमान श्रेष्ठको मृत्यु भएको हो । बाटो बनाइरहेको ठाउँ साँघुरो भएको  र ढुँगामा ठोक्किएर बाइक खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मोटसाइकल सडकबाट झण्डै १०० मिटर तल भिरमा अड्कीएको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भारतीपुरकै ५२ वर्षीय राम्जी श्रेष्ठको गम्भीर अवस्थामा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ