arrow

प्राध्यापक न्यौपानेलाई निर्ममतापूर्वक कुटिएको विरोधमा शुक्रवार पठनपाठन बन्द

नेपाल केमिकल सोसाइटीले ढीलो गरि निकाल्यो १० दिनपछि वक्तव्य

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
tc-campus-chief-kutpit-banner.jpg

काठमाडौं। गत मङ्सिर ९ गते नेपाल केमिकल सोसाइटीका आजीवन सदस्य, रसायनशास्त्रका प्राध्यापक तथा त्रिचन्द्र क्याम्पसका प्रमुख डा प्रदीप बहादुर न्यौपाने विद्यार्थीबाट निर्ममतापूर्वक पिटिएको घटनाप्रति सोसाइटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटना भएको १० दिन पछि वक्तव्य निकाल्दै सोसाइटीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा डा निरञ्जन पराजुली र महासचिव डा भानुभक्त न्यौपानेले संयुक्त विज्ञप्ती निकाल्दै रसायनशास्त्री न्यौपानेलाई केही विद्यार्थीले पिटेर सडकमा लछारपछार गर्दै लडाएको कारुणिक भिडियो सार्वजनिक भएबाट प्राध्यापकहरू क्याम्पस भित्रै असुरक्षित भएको जनाएको छ।

हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत रसायनशास्त्री न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सोसाइटीले प्राध्यापकमाथि यसरी कुटपिट गर्नु मानव सभ्यता विरोधी घटना भएको जनाएको छ। यो घटनापछि देशमा सम्पूर्ण प्राध्यापकहरूको आत्मविश्वास खस्किएको जनाउँदै यस्तो अमानवीय घटनाले प्राध्यापकले सत्य र तथ्यमा आधारित भएर बोल्न नसक्ने अवस्था सिर्जना हुने बताएको छ। 

एउटा क्षमतावान् प्राध्यापकले हरेक प्रकारको दुःख कष्ट सहन सक्छ तर आफ्नै विद्यार्थीबाट अपमानित भएको र आक्रमणमा परेको कदापि सहन नसक्ने सोसाइटीले प्रष्ट पारेको छ। 

क्याम्पसले विएस्सी र विए शैक्षिक कार्यक्रममा शुल्क बढाएको विरोधमा उक्त घटना भएको  जनाइएपनि घटना नियोजित भएको सोसाइटीको आरोप छ। देशमा विएस्सीको प्रयोगशालाहरू दयनीय स्थितिमा रहेको, वैज्ञानिक उपकरणहरू नभएको पृष्ठभूमिमा विद्यार्थीहरू किताबी ज्ञान मात्र लिन बाध्य पारिएको यथार्थ थाहा भएको उल्लेख गर्दै यस घटनाका पिडकलाई बचाउने राजनैतिक चलखेलको नेपाल केमिकल सोसाइटीले घोर विरोध गरेको छ। 

रसायनशास्त्री न्यौपानेप्रति भएको अमानवीय घटनाको विरोध स्वरूप नेपाल केमिकल सोसाइटीले मङ्सिर २० गते देशव्यापी सम्पूर्ण कलेज, क्याम्पस र विश्वविद्यालयमा रसायनशास्त्रको पठन पाठन तथा कलम बन्द गर्न आह्वान गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ