arrow

पूर्व राष्ट्रपति यादवले भने – म प्रकृतिप्रेमी हुँ

logo
मुरली गोडिया,
प्रकाशित २०७६ मंसिर २० शुक्रबार

गुलरिया । पूर्व राष्ट्रपति डा. रामवरण यादवले आफु प्रकृतिप्रेमी भएको बताएका छन् । बर्दिया प्रकृतिको अत्यन्त सुन्दर सिर्जना भएको बताएका छन् ।  हरेक दृष्टिले भरिपूर्ण भएको भन्दै यहाँको बनजंगल, नदी नाला, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्र भएका कारण बर्दियाली नागरिकहरु निकै सौभाग्यशाली भएको बताए । 

बर्दियाको बार बर्दिया नगरपालिका जयनगरमा क्यापसको भौतिक तथा शैक्षिक स्तरउन्नतिका लागि श्रीमद् भागवत धन धन्याचल ज्ञान महायज्ञ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

सदाशिव बहुमुखी क्याम्पसलाई स्थायित्व प्रदान गर्दै शिक्षाको अवसरबाट वञ्चित गरिब, बिपन्न, श्रमिक र मुक्त कमैयाहरुको छोरा छोरीहरु पनि आफ्नै गाउँ ठाँउको क्याम्पसमा उच्च शिक्षा लिन सहज होस् भन्ने उद्देश्यले महायज्ञ शुरु भएको हो । 

महायज्ञको उद्घाटन गणतन्त्र नेपालका प्रथम पुर्व राष्ट्रपति डा. रामबरण यादवले गरेका छन । बिहीबार मात्रै बर्दिया जिल्लाको प्रकृतिक तथा पर्यटकिय क्षेत्रको अवलोकन गरेका पूर्व राष्ट्रपति यादवले बर्दियाबासी नागरिकहरुले गरेको सत्कार एवं प्रकृति र मानवविचको सम्बन्धको विषयमा प्रशंसा समेत गरेका छन् । 

शैक्षिक क्षेत्रका विकासका निम्ती अयोजना गरिएको ज्ञान महायज्ञले यहाँको शिक्षामा देखिएको समास्या समाधान हुनेमा आफु विश्वस्त रहेको यादवले बताए । देशमा समृद्धि स्थापित गर्नका निम्ती शिक्षाको उच्चतरिकाले विकास गर्नुको साथै हरेक गाँउठाउका बालबालिकाहरुले शिक्षा प्राप्त गर्ने बाताबरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

बारबर्दिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित सदाशिव बहुमुखी क्याम्पसमा विहिबारदेखि शुरुभएको महायज्ञ मंसीर २६ गते सम्म श्रीमद् भागवत धनधन्याचल ज्ञान महायज्ञ हुने मुल समरोह समितिका संयोजक बिपिन कुमार पोखरेलले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा पुर्व सिचाई मन्त्रि संजय कुमार गौतम, प्रदेश सभा सदस्य भुवनेश्वर थारु, नेकपाका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवली, बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु लगायत विभिन्न राजनितिकदलका प्रतिनिधी, गुठि संस्थान, बडघर, लगायतले महायज्ञको सफल्ताको शुभकामना व्यक्त गरेका थिए । महायज्ञ अवधिभर वाचक प्रवीण पण्डित श्री दीनबन्धु पोखरेलद्धारा धार्मिक प्रवचन संचालन हुने आयोजकले जनाएको छ । 

महायज्ञबाट सङकलित रकम क्याम्पसलाई स्थायित्व प्रदान गर्दै शिक्षाको अवसरबाट जिल्ला भन्दा बाहिर जानुपर्ने बध्यता, क्याम्पसमा अपुग भएको भवन निर्माण, जग्गाको कमी जस्ता समास्यालाई समाधान गर्दै गरिव, बिपन्न, श्रमिक र मुक्त कमैयाहरुको छोरा छोरीहरु पनि आफ्नै गाँउ ठाँउको क्याम्पसमा उच्च शिक्षा लिन सहजताका निम्ती ज्ञानमहायज्ञको अयोजन गर्न लागिएको पत्रकार सम्मेलनमा संयोजक पोख्रेल बताए । वि.स. २०६७ सालमा त्रि.वि. बाट सम्बन्धन प्राप्त यस क्याम्पसमा मानविकि तथा शिक्षा संकाय तर्फ २ सय २५ जना विद्यार्थीहरु अध्ययनरत छन् । 

क्याम्पसमा २१ जना शिक्षक तथा कर्मचारीहरु सेवारत छन । यस महायज्ञबाट संकलित रकमबाट क्याम्पसलाई स्थायित्व प्रदान गर्दै आजको महङगो शिक्षाका कारण उच्च शिक्षाको अवसरबाट वञ्चित यस ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न, स–साना व्यापारी, श्रमिक, मुक्तकमैयाहर लगायत अन्य समुदायका शिक्षाप्रेमीलाई अफनै गाँउघरको क्याम्पसबाट उच्च शिक्षाको सहज अवसर प्रदान गराइने उद्धेश्य राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ