छोराले गरे बृद्ध बुवाआमाको हत्या, अन्य चारलाई बनाए घाइते
सुतेकै ठाउँमा गरे हत्या
प्रदीप आचार्य
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
664
Shares
रुपन्देही । रुपन्देहको ओमसतिया गाँउपालिका ४ बालापुरमा छोराले धारिलो हतियार प्रयोग गरि बुवाआमाको हत्या गरेको छ । आक्रमणमा अन्य चार जना घाईते भएका छन् ।
मृत्यु हुनेमा ७२ वर्षिय बुवा रामनारायण यादव, आमा ७० वर्षकी थगनी यादव हुन् । बुवाको घटनास्थलमै मृत्यु भएको थियो भने आमाको भैरहवा मेडिकल कलेजमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
हत्या गर्ने २८ वर्षिय कान्छो छोरो गोरख यादव हुन्। उनी चार वर्षदेखि मानसिक औषधी सेवन गर्दै आएको परिवारले जनाएको छ ।
गाँउमा आफन्तीको विवाह भोज खाएर घरमा सुतेका बुवालाई छोरो गोरखले धारिलो हतियार घाँटीमा प्रहार गरेका थिए । उनलाई छुट्याउन आएकी आमालाई समेत हतियारले हिर्काएर ज्यान लिए।
बचाउन आएका ठूला दाई जोगेन्दर, उनकी श्रीमती उषा, छोरा जोखन र माहिली बुहारीलाई पनि उसले हतियार प्रहार गरेर घाइते बनाएका छन् ।
हत्या गर्ने गोरखलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ। मृतको शव पोष्टमार्टमका लागि भीम अस्पतालमा राखिएको रुपन्देही प्रहरीले जनाएको छ ।