arrow

ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भयोः देउवा

बरिष्ठ पत्रकार किशोर नेपाल पुरस्कृत  

logo
सन्जय भट्टराई।
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
sher-deuba-kishor-nepal-patanadevi.jpg

नवलपुर। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री  केपी ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको बताएका छ्न्।

नेपाल प्रेस युनियन नवलपुर शाखाले नवलपुरमा आयोजना गरेको सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै देउवाले आफू प्रधानमन्त्री हुँदा भारतसँग गरिएको महाकाली सम्झौतामा स्पष्ट रुपमा महाकाली नदी पूर्वको भाग नेपालको भनेर लेखिएको र कालापानी लिपुलेक लिम्पियाधुरा काली पूर्व पर्ने भएकाले भारतले जारी गरेको नक्साको कुनै अर्थ नरहेको बताए।

भारतले जारी गरेको नक्साको विषयमा सरकारले भारतसँग कुनै ठोस छलफल गर्न नसक्दा सरकारकै मिलेमतोमा भारतले नक्सा जारी गरेको हुन सक्ने देउवाले बताए। देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेका थिए। 

देउवाले सरकार मिडिया काउन्सिल लगाएतका विविध विधेयकहरु ल्याएर अधिनायकवादको बाटोमा अघि बढेको आरोप लगाए। प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा नेपाली कांग्रेस सदैव रहेको स्पष्ट पार्दै देउवाले यो विषयमा कसैसंग सम्झौता नगरिने बताए ।

देउवाले सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान समेत गरे। २५ हजार नगद, ताम्रपत्र र दोसल्लाले नेपाललाई सम्मान गरिएको थियो।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, प्रदिप पौडेल, देवेन्द्रराज कंडेल, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल लगाएतका नेताहरुले पुरस्कृत व्यक्तित्वलाई वधाई दिदै समसामयिक विषयमा धारणा राखेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ