arrow

लिपुलेकमा अनशन बस्न गएका बस्याल बाटैमा विरामी, हेलिकप्टर मार्फत उद्धार

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
ansan-uddar-darchula.gif

दार्चुला। भारतले अतिक्रमण गरेको नेपाली भुमि लिपुलेकमा अनशन बस्न गएका के एन बस्यालको शुक्रवार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। बस्याल मंसिर १३ गते जिल्ला सदरमुकाम खलंगाबाट लिपुलेक अनसन बस्न भनेर गएका भएपनि स्वास्थ्यमा समस्या आएपछि उनलाई हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम खलंगा ल्याएको हो ।

भारतले नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेसंगै भुमी फिर्ताको माग राख्दै बस्याल अनसन बस्न लिपुलेक गएका थिए । काठमाडौंबाटै अनसन बसेर आएका बस्याल नेपालकै बाटो भएर लिपुलेकसम्म जान खलंगाबाट मंसिर १३ गते ब्याँस गाउँपालिकातर्फ गएका थिए । खलंगाबाट ५ दिन पछि ब्याँस गाउँपालिकाको गागामा पुगेका बस्यालको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

अपिनाम्पा संरक्षण क्षेत्र घुम्न गएका रसियन नागरिक ओलेगबर टुलभ व्याँस गाउँपालिकाको गागामा अलपत्र परेपछि उनको उद्धारका लागि हेलिकोप्टर माग हुँदा उनीसंगै अनशनरत बस्यालको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । बस्यालको जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परिक्षण गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

भारतले नेपाली भुमि आफ्नो नक्सामा समावेश गरेपछि उक्त भुमि फिर्ताको माग गर्दै मंसिर ९ गते अनसन बस्न भन्दै काठमाडौबाट दार्चुला पुगेका केएन बस्याल, रमित बलामी र सेफर्ड लिम्बु १३ गते उत्तरी क्षेत्र लिपुलेकतर्फ लागेका थिए । सो क्षेत्रमा भारी हिमपात भएसंगै उनीहरु गागामा बसेका थिए । अनसन बसेको समुहले अब प्रधानमंत्रीलाई ज्ञापन बुझाएर अनसन तोड्ने तयारी गरेको छ । बस्याल अनसनमा बसेको शुक्रवार १४ दिन पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ