arrow

विवेकशीलले २०७९ को निर्वाचनको तयारी थाल्ने

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
bibekshil4.jpg

काठमाडौं । विवेकशील नेपाली दलले २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्ने भएको छ । विवेकशीलको उपनिर्वाचनको समीक्षा गर्न बसेको बैठकले उक्त निर्णय गरेको हो । 

उसले निर्वाचनमा जनताले दिएको मतको स्वीकार गर्नेसमेत जनाएको छ । विज्ञप्ति जारी गर्दै विवेकशीलले ‘सङ्घीय, प्रादेशिक तथा स्थानीय तहमा हालै सम्पन्न भएको उप(निर्वाचन विभिन्न प्रतिस्पर्धी राजनीतिक दलहरूको विचार, योजना, सङ्गठनको बारेमा जनम परीक्षण गर्ने अवसरको रूपमा विवेकशील नेपाली दलले लिएको थियो । उक्त निर्वाचनमा जनता जनार्दनले दिएको जनादेशलाई विवेकशील नेपाली दलले प्रस्ट रूपमा सुनेको छ र त्यसलाई विनम्रतापूर्वक स्वीकार गर्दछौँ ।’ भनेको छ । 

उसले समीक्षा बैठकले सम्पूर्ण सदस्यहरूको राय सहित समीक्षा पत्र मङ्सिरको अन्त्यसम्ममा सार्वजनिक गर्ने पनि जनाएको छ ।  

विज्ञप्तिमा लेखिएको छ, ‘एक राजनीतिक सङ्गठनको हैसियतमा विवेकशील नेपाली दलले आफ्नो समग्र चुनावी अभियान, राजनीतिक दर्शन, नीति, सङ्गठनको बारेमा सुविचारित ढङ्गबाट समीक्षा गर्दैछ। सुसंस्कृत राजनीतिलाई अगाडि बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई हामीले धैर्यपूर्वक जिम्मेवारी वहन गर्नुपर्ने छ र त्यसको लागि हामी झन् खारिएर आम नागरिक सामु प्रस्तुत हुनेछौँ। हामीले यसै समीक्षा सँगै २०७९ को निर्वाचनको तयारी थाल्ने निर्णय गरेका छौँ । साथै, हामी २०७६ भित्रनै हाम्रो सङ्गठनको सम्पूर्ण प्रादेशिक सम्मेलन गर्दै अझ चुस्त सङ्गठन सहित अघि बढ्नेछौँ। साथै, पार्टीको नीति तथा रणनीतिमा समेत व्यापक छलफल गर्दै अझ स्पष्ट ढङ्गले अघि बढ्ने निधो गरेको छौँ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ