arrow

साग समापन अन्तिम तयारीतिर, जोर नम्बरका सवारीमात्र चलाउन पाइने 

समापन पनि समावेश हुने भन्दै फुटबल फाइनलको टिकट मुल्य दोब्बर

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
sag-opening3.jpg

काठमाडौं । नेपालका तीन सहरमा भइरहेको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग मंगलबार सकिँदैछ । समापनको तयारी भइरहेको तयारी समितिले जनाएको छ । समापन स्थल दशरथ रंगशालामा पुरुष फुटबलको फाइनल हुनेछ । 

त्यही फाइनलपछि विशेष प्रस्तुति हुने र समापन भएको घोषणा गरिने छ । १४ औं साग पाकिस्तानले आयोजना गर्ने पक्का भएको छ र सागको झण्डा मंगलबार नै पाकिस्तानी सेभ द मिसनलाई हस्तान्तरण गरिने छ । 

फुटबलको टिकट दोब्बर
समापन पनि समावेश हुने भन्दै फुटबल फाइनलको टिकट मुल्य दोब्बर पारिएको छ । साधारणतर्फ ५०० भएकामा १००० र भीआइपीतर्फ १००० भएकामा २००० रुपैयाँ बनाइएको छ । 

फुटबलको क्रेज बढ्दै जाँदा आयोजकले यसको फाइदा उठाएको स्पष्टै छ । ई–सेवाले टिकटको समन्वय गरिरहेको छ । 

उद्घाटनको भने टिकट थिएन । पास उपलब्ध गराइएको थियो । 

फुटबल फाइनल नेपाल र भुटानबीच हुँदैछ । भुटान पहिलो पटक फाइनलमा पुगेको हो भने नेपाल लगातार तेस्रो पटक फाइनल खेल्दैछ । नेपाल डिफेन्डिङ च्याम्पियन पनि हो । 

ट्राफिक व्यवस्था मिलाउन जोरविजोर प्रणाली

समापनका दिन मंगलबार ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । 

उद्घाटनका दिन बिजोर नम्बरका सवारी मात्रै सञ्चालन गरिएकाले समापनका दिन काठमाडौं उपत्यकाको रिङरोड भित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन पाइने छ । 

साग आयोजना समितिको सुरक्षा संयोजक प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मंगलबार जोर सवारीमात्र चलाउन पाइने बताएका छन् । 

उनले उद्घाटनमा विजोरमात्र चलाइएको बताएका छन् । जोर नै भए पनि ठूला मालवाहक सवारी साधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि आग्रह गरिएको छ । 

ट्राफिक प्रहरी महाशाखाले त सकेसम्म सवारी नै बाहिर ननिकाली सहयोग गर्न आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ