arrow

नेकपा सचिवालय बैठक, तोक्ला त स्थायी र केन्द्रीय समिति बैठकको तिथि ? 

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
ncp-sachibalaya2.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको बुझिएको छ । 

पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै छ महिने अभियान चलाउने योजना समेत प्रचण्डले बैठकमा पेश गर्ने बताइएको छ । प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मा पाएपछि पार्टीप्रतिको सक्रियतालाई केही बढाएको अनुमान गरिएको छ । 

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएपछि प्रचण्डले कार्यकारी अधिकार पाएका हुन् । ओलीको स्वास्थ्यमा सुधार आएपछि उनले पनि दुई सातापछि मन्त्रिपरिषद बैठक पनि डाकेका छन् । 

ओलीले प्रधानमन्त्री निवासमै गत हप्तादेखि आराम गरिहेका छन् । 
बैठकमा उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउने विषयमा पनि छलफल हुने बताइएको छ। २०७५ जेठ ३ गते तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भएपछि ३ महिनाभित्र सबै एकता प्रक्रिया पूरा गर्ने दावी गरिएको थियो । 

डेढ वर्षसम्म पनि एकता प्रक्रिया पूरा भएको छैन । सचिवालय बैठकमात्र बसिरहेको छ । अहिलेसम्म केन्द्रीय समिति बैठक बस्नै सकेको छैन । स्थायी कमिटि बैठकसमेत बसेको छैन । 

यो बैठकले स्थायी र केन्द्रीय समितिको बैठकको तिथि पनि तय हुन सक्ने बताइएको छ । यसअघि पनि मिति तय गर्ने भनिएको थियो । तर यसतर्फ सचिवालय सदस्यहरुले त्यति रुची देखाएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ