arrow

एकता प्रक्रिया अलपत्र छाडी अनेरास्ववियुको संयोजक विदेश सयरमा

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
ain-mahar.gif

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता घोषणा भएको १९ महिनासम्म टुंगिन सकेको छैन । नेकपाको पोलिटब्यूरो अहिलेसम्म बन्न सकेको छैन । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको घोषणा गरिएको थियो । एकतापछि केन्द्रीय कमिटी त बल्लतल्ल बनाइयो ।

भातृसंगठनको संयोजक र सहसंयोजक घोषणा गर्न एक बर्ष लाग्यो । एक बर्षमा संयोजक र सहसंयोजक घोषणा भए पनि सचिवालय र केन्द्रीय कमिटीको टुंगो लाग्न सकेको छैन । सचिवालयमा को को राख्ने भन्ने अन्योलले गर्दा नेकपाको सशक्त संगठन अनेरास्ववियुको एकता अलपत्र छ । युवासंघको एकता टुंगिए पनि विद्यार्थी एकता टुंगिने निश्चित छैन । विद्यार्थी एकता टुंगो नै नलगाई संयोजक ऐन महर मंसिर १४ गतेदेखि १५ दिनको साइप्रस घुमघाममा ब्यस्त छन् । 

नेकपाको कार्यकर्ता उत्पादन गर्ने नर्सरीका रुपमा लिइने अनेरास्ववियुको एकता प्रक्रिया अलपत्र पारेर विदेश घुम्न गएको आरोप संयोजक महरमाथि छ । अनेरास्ववियुको संयोजक र सहसंयोजक तोकिएको ७ महिना भइसकेको छ । पार्टीले २०७६ जेठ २ मा महरलाई संयोजक र रंजित तामाङलाई सहसंयोजक तोकेको थियो । ऐन महरले ७ महिनासम्म पनि एकता प्रक्रिया टुंगो लगाउन नसकेकोमा पार्टीभित्र पनि उनको नेतृत्व क्षमतामा प्रश्न उठेको छ ।

प्रतिस्पर्धीलाई तह लगाउन संगठन अलपत्र पारेको आरोप महरमाथि लाग्दैआएको छ । उपाध्यक्षहरूलाई बिदा दिने पक्षमा महर थिए । तर नेकपाका युवा विद्यार्थी सहइन्चार्ज विनोद ढकालले स्वेच्छिकरुपमा बिदा हुन चाहनेलाई मात्र गर्ने भनेपछि उनी तनावमा परेका छन् । उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेश लामा बिदा भएपछि आगामी अध्यक्षको उम्मेदवार आफूमात्र बन्ने कोसिसमा उनी थिए । तर उपाध्यक्ष बिदा गर्ने उनको प्रयास असफल भएपछि उनी तनावमा परेका छन् ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवार हुनका लागि उमेरहद तोकिसकेको छ । अखिलभित्र बुढाखाडालाई बिदा गर्नुपर्ने बहस हुन थालेको छ । उमेरहद लागू भएमा अधिवेशनबाट अध्यक्ष हुने चाहनामा पूर्णबिराम लाग्ने महरले देखेका छन् । त्यही भएर उनी उमेर हद लागु गर्ने पक्षमा छैनन् । अर्कोतिर उपाध्यक्षहरू बिदा नभएमा आफ्नो प्रतिस्पर्धी उनीहरु नै हुने देखेका छन् महरले । त्यही कारण उनी उपाध्यक्षहरू बिदा गर्ने योजनामा थिए । तर त्यो योजना साकार नभएकाले पनि उनले एकता प्रक्रिया नै बिलम्ब गर्दै आएका छन् । साइप्रसको लामो यात्रा पनि यहि कारण भएको अखिलमा चर्चा हुन थालेको छ। यद्यपी महर निकटहरुले वल्ड फेडरेशन अप डेमोक्रटीक युथ्सको सम्मेलनममा सहभागि हुन उनी भएको बताएका छन्। सम्मेलनले नेपालका तर्फबाट उपाध्यक्षमा सुन्दर भुसाल निर्वाचित गराउनेमा महर सहितको टीमको भुमिका रहेको भनेर उनको बचाउ गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ